एजेन्सी । इटालियन च्याम्पियन युभेन्टस् च्याम्पियन्स् लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । गए राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा पोर्टोलाई ३–२ गोल अन्तरले हराए पनि युभेन्टस् अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
अतिरिक्त समयमा लम्बिएको खेल ३–२ मा सकिएको थियो। त्यसअघि पहिलो लेग पोर्टोले २–१ ले जितेको थियो । समग्रमा ४–४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि लिगमा युभेन्ट्सको यात्रामा पूर्णविराम लागेको हो ।
सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए भने युभेन्टसका फेडेरिको किएजाले दुई गोल गरे । किएजाको गोलसँगै खेल समग्रमा ३–३ को बराबरीमा पुगेकाले निर्धारित समयमा थप गोल नहुँदा खेल अतिरिक्त समयमा गयो ।
अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई २–२ बराबरीमा ल्याए । त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३–२ ले जित दिलाए ।
योसँगै युभेन्टस लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया