काठमाडौँ – सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बम बहादुर मिश्रलाई नियुक्त गरेको छ ।
आज(मंगलवार) बसेको मन्त्रिपरिषद्को वैठकले ढुङ्गाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । फागुन १८ गतेदेखि डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा सरकारले मिश्र र तिमल्सिनालाई नियुक्त गरेको हो ।
हाल कार्यकारी निर्देशक रहेकी ढुगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख थिइन् भने मिश्र विदेशी विनिमय विभाग प्रमुख थिए।उनीहरु दुवै अधिकृत तृतीय पदबाट सेवा सुरु गरेका हुन्।
गभर्नर महाप्रसाद अधिकारले अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाकारका रुपमा अर्थमन्त्रालयमा काज रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ, राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट र राष्ट्र बैंक ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक डा.निलम ढुङ्गाना तिम्सिनाको नाम सिफारिस भएको चर्चा चलेपनि सिफारिस गरिएका नामहरु भने गोप्य राखिएको थियो।
यस्तो छ कानुनी व्यवस्था
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ । गभर्नरले डेपुटी गभर्नर पदमा नियुिक्तको लागि सिफारिस गर्दा बैकका विशिष्ट श्रेणीका अधिकृतहरु मध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नामावली सिफारिस गर्नु पर्ने व्यवस्था छ ।
डेपुटी गभर्नरको पद दुईवटा भएकाले गभर्नरले कार्य क्षमताका आधारमा चार जनाको नाम सिफारिस गर्नुपर्छ । तर डेपुटी गभर्नर विलकुलै राजनीतिक नियुक्ति भएको राजनीतिक र व्यक्तिगत निकटताका आधारमा नियुक्त हुने गरेको छ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नर हुनका लागि नेपालको नागरिक भएको,उच्च नैतिक चरित्र भएको,आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र,गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक,बैकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनभुव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया