दोस्रो सँस्करणको कमेडी च्याम्पियन आजबाट प्रशारण हुने

काठमाडौं । नेपालको कमेडी ‘शो’ कमेडी च्याम्पियनको दोस्रो सँस्करण आजबाट प्रशारण हुने भएको छ । ‘शो’ कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम र ओएरआर डिजिटलबाट एकसाथ प्रशारण हुने छ ।

‘थ्रि प्रोडक्सन’को निर्माण गरेको कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् रहेका छन् भने कार्यक्रम होस्ट रीमा विश्वकर्माले गर्ने छिन् । ‘शो’ को कार्यकारी निर्माता केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन् ।

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने ‘शो’ का निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?