‘बी’ डिभिजन लिगमा दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र बाँसबारी क्लब तथा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटो र तेस्रो स्थानमा रहेको बाँसबारी भिड्ने छन् । सातदोबाटो अङ्क सुधार गर्दै आफ्नो स्थान कायमै राख्ने दाउमा हुनेछ । तर आजको खेल हारेमा सातदोबाटोले शीर्ष स्थान गुमाउने सम्भावना छ ।

सातदोबाटोले ८ खेलबाठ २२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको पनि २२ अङ्क नै रहेको छ । बाँसबारीले ८ खेलबाट १८ अंक जोडेको छ ।

यस्तै मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ । मध्यपुर ८ खेलबाट ७ अंक जोडेर १० औं स्थानमा रहँदा पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?