चेल्सीसँग लिभरपुल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ । गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा चेल्सीले लिभरपुललाई १–० गोल अन्तरले हराएको हो ।

चेल्सीको जीतमा मेसन माउन्टले निर्णायक गोल गरेका थिए । खेलको ४२औं मिनेटमा एन्गलो कान्टेको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २७ खेलबाट ४७ अंक जोडेको छ भने लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?