एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड सोसिडाडसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले सोसिडाडसँग एक एक गोलको बराबरी खेलेको हो ।
सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दै अग्रता दिलाएको खेलमा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए ।
पहिलो हाफमा नियन्त्रण बनाएको रियलका लागि मारियानो र राफायल भरानले दुई मिनेटको अन्तरमा गरेको प्रहार पोष्टमा लाग्न पुगेको थियो । दोस्रो हाफमा भने सोसिडाडले सुधारिएको प्रदर्शन गर्यो ।
बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई उछिन्ने अवसर गुमाएको छ । तेस्रो स्थानमा रहेको रियलको समान ५३ अंक भएको छ । समान अंक भएको बार्सिलोना गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेर ५८ अंक भएको एथ्लेटिको मड्रिड भने लिगको शीर्ष स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया