काठमाडौं । उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ ३ जना पक्राउ परेका छन् ।
पीडितलाई उपहार पर्यो भनी प्रलोभनमा पारी आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ बस्ने पर्सा पोखरिया नगरपालिका ७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जना रहेका छन् । उनीहरुलाई हिजो बुधवार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले विभिन्न मितिमा उपहार पर्यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया