काठमाडौं । प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश शाह अहिराजले सडक दुर्घटनामा परी छटपटाइरहेका बिरामीहरुको उद्धार गरी अस्पताल पुर्याएका छन् ।
केहिदिन अघिमात्रै प्रदेश प्रमुखको जिम्मेवारी पाएका अहिराजले सडक दुर्घटनामा छटपटाइरहेका ४ जनाको उद्धार गरी अस्पताल पुर्याएका हुन् ।
प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जाँदै थिए । त्यहिक्रममा अहिराजले जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका देख्छन् ।
प्रदेश प्रमुख अहिराजले आफ्नो गाडी रोकी घाइतेहरुलाई गाडीमा राखेर रौतहटको चपुरस्थित अस्पतालमा पठाएका थिए ।
उनी निकट स्रोतले दिएको जानकारी अनुसार डा अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाए ।
घाइतेहरुको उद्दारपश्चात प्रदेश प्रमुख डा. अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै काम नहुने प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया