महाकाली सन्धिबारे प्रधानमन्त्री ओलीको दाबी-‘नदी बेचेको होइन, फिर्ता ल्याइएको हो’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभई फिर्ता ल्याएको बताएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।

‘मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला’, प्रधानमन्त्री ओलीले भने महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ’  ‘नदी बेचेको होइन । फिर्ता ल्याइएको छ ।’

उनले महाकालीको पानी नेपाली किसानको खेतसम्म पुर्‍याउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने बताए। नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पीभी नरसिंह रावबीच २०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकाससम्बन्धी महाकाली सन्धि भएको थियो । यो सन्धि नेपालको हित विपरीत भएको र त्यसमा ओलीले महत्त्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी गरे । उनले दार्चुलामा गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रक्रिया अगाडि बढेको बताउँदै भने, ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौँ । अब यसले एउटा वातावरण बनेको छ । भारतसँग संवाद भइरहेको छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी गरे । उनले दार्चुलामा गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियाअगाडि बढेको बताउँदै भने, ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं । अब यसले एउटा वातावरण बनेको छ । भारतसँग सम्‍वाद भइरहेको छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने दाबी गरे । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला दुई/तीन दिनभित्रै हुनसक्ने संकेत पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?