काठमाडौँ– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट दत्तबहादुर रोकायालाई प्रचण्ड-नेपाल पक्षले डोल्पा जिल्ला अध्यक्ष बनाएको छ।
निर्वाचनको प्रचारप्रसारमा लागिरहेका रोकायाले भने यस विषय आश्चर्य प्रकट गरेका छन् । उनले भने, ‘अहिले म निर्वाचनको प्रचारप्रसारमा लागेको छु। केपी ओलीको पक्षमा नारा जुलुसमा सहभागी भइरहेको छु। प्रचण्ड-नेपाल पक्षले एकपटक पनि नसोधी कसरी अध्यक्षमा राखे?’
उनी साविक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि पनि उनी सोही पदमा छन् । अहिले रोकायालाई नै प्रचण्ड-नेपाल समूहले पनि जिल्ला अध्यक्षमा निरन्तरता दिएको हो। तर रोकायाले भने प्रचण्ड-नेपाल पक्षकमा नभएको बताएका छन्।
रोकायाले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको उल्लेख गर्दै समाचार आएपछिमात्र थाहा पाएको भन्दै आपत्ति जनाएका छन् ।रोकायाले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको भन्दै अर्को पक्षमा नलागेको प्रष्ट पारेका छन् ।
प्रचण्ड-नेपाल पक्षले माघ १ र २ गते बसेको स्थायी कमिटीले ५०/५० प्रतिशतका आधारमा ६८ जिल्लाको नेतृत्व टुंगो लगाएका हुन्। जसमा प्रचण्ड समूहबाट ३५ जिल्ला र ३३ जिल्लाको नेतृत्व नेपाल पक्षले दिएको छ। अरु जिल्लामा आवश्यक परामर्शमा जिल्ला नेतृत्व टुंगो लगाउने भनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया