काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुत्ला बनाएर जुत्ताले हानेका छन् ।

सोमवार नारायणहिटी संग्राहलय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतिक भन्दै उनको पुत्ला बनाएर जुत्ता हानेका हुन् ।

त्यसक्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले सांकेतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया