कारबाट बाहिर तानेर बीच सडकमा वकील दम्पतीको हत्या (भिडियो)

काठमाडौं । भारतको तेलंगानामा बीच सडकमा एक वकील दम्पतीको हत्या गरिएको छ ।

घटना बुधवारको हो । यसको एक दर्दनाक भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । वकील दम्पतीलाई कारबाट बाहिर निकालेर चक्कूले हानि हत्या गरिएको हो ।

प्रहरीले छिटै आरोपीलाई समात्ने बताइएको छ । बीच सडकमा भएको यो दर्दनाक घटनाले सबै त्रस्त बनेका छन् । बीच सडकमा यस्तो घटना भइरहँदा पनि धेरै मानिसहरु हेरेर बसीरहेको भिडियोमा देख्न सकिन्छ ।

पुलिसका अनुसार वकील दम्पती पेद्दापल्ली जिल्लाको मन्थनी क्षेत्रमा बस्थे ।

गट्टू वामनराव र उनकी श्रीमती वेकेन्ट नागमणि तेलंगाना हाईकोर्टमा वकील थिए ।

उनीहरु दिउँसो दोश्रोप्रहरमा आफ्नो कारबाट हैदराबाद देखि मन्थनी जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?