लद्दाखमा भएको हिंसात्मक झडपमा आफ्ना ५ सैनिकले ज्यान गुमाएको चीनद्वारा स्वीकार

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र लद्दाखको गलवान घाँटीमा भएको भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा आफ्ना पाँच सैनिकले ज्यान गुमाएको चीनले स्वीकार गरेको छ ।

चीनले यो स्वीकार करिव ८ महिनापछि गरेको हो ।

लद्दाखमा गत वर्ष १५ जूनको राती हिंसात्मक झडप भएको थियो ।

यसमा भारतका २० जना सैनिकको ज्यान गएको थियो ।

चीनको सरकारी मिडियाले सेन्ट्रल मिलिट्री कमीशनले शुक्रवार भारतसँगको उक्त झडपमा पाँच सैनिकको ज्यान गुमाएको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?