काठमाडौं । आज शुक्रवारबाट रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आजबाट आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गरेको हो । प्रभावित क्षेत्रका नागरिकले कम्पनीको आइपीओमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धक नएमबि क्यापिटलले जनाएको छ।
स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गुल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा कम्पनी मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया