धनगढी/टेकसिँह धामी । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरि सार्वजनिक गरेको छ । आरोपी किशोरले आफ्नो परिवारको एक महिला सदस्यमाथि भागरथीका बाबुले यौन दुव्र्यवहार गरेकाले आफूले बदला लिन यो अपराध गरेको बयान प्रहरीसमक्ष दिएको दाबी गरेको बताईएको छ ।
दुई परिवारबीच यो विषयमा विगतमा मनमुटाव भएको गाउँलेले पनि बताएका छन् । तर, त्यो विवाद करिब ३५ वर्षअघि भएको गाउँलेहरुको भनाइ छ । भागरथी र आरोपी किशोर जन्मिनु भन्दा १७, १८ वर्षअघि भएको यो घटनाको बदला लिन किशोरले अहिले हत्या गरेका हुन् भन्नेमा छिमेकीहरू विश्वस्त छैनन् ।
भागरथीकी आमा द्रौपदी भट्टले पनि पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन् । “घटना भएको दिन उ दिनेश चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मा¥यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रौपदीले भनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया