काठमाडौँ– बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणका अभियुक्त दिनेश भट्टले आफूले बलात्कार पनि गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीको प्रहरी हिरासतमा रहेका दिनेशले अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।
यस अघि उनले हत्या गरेको स्वीकार गरेपनि बलात्कार भने नगरेको दाबी गरेका थिए । भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।
भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए भने बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।
४ फागुनमा पक्राउ परेका दिनेशलाई प्रहरीले हिजो ५ गते सार्वजनिक गरेको थियो। उनमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
गत माघ २१ गते स्कूलबाट फर्कंदा हराएकी भागरथीको शव भोलिपल्ट २२ गते स्थानीय जंगलमा फेला परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया