कोरोना खोपको असमान वितरणप्रति राष्ट्रसंघका प्रमुखको आक्रोश (भिडियोसहित)

एजेन्सी । कोरोनाविरुद्धको खोपको असमान वितरणप्रति संयुक्त राष्ट्र सङ्घले असन्तुष्टि जनाएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो खोप नपाएको भन्दै कडा आलोचना गरेका हुन् ।

विश्वमा उत्पादन भएको कोरोनाको कूल खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जामा रहेको उनको दाबी छ । यद्यपी उनले ती देश कुन कुन हुन भन्ने कुरा सम्बोधनमा खुलाएनन् । कोरोनाको महामारीका कारण विश्व आक्रान्त बनेको यो अवस्थामा समेत खोप वितरणमा असमानता हुनु दुखद भएको बताए ।

जी–२० मा आबद्ध ठूलो अर्थतन्त्र भएका देशले इमरजेन्सी टास्क फोर्स गठन गर्न आवश्यक रहेको बताउँदै गुट्रेसले कोरोनाविरुद्धको खोपको निष्पक्ष वितरण सुनिश्चित गर्न शक्ति र पहुँच भएका व्यक्ति, वैज्ञानिक तथा खोप उत्पादक कम्पनीलाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?