बेलायतकी महारानीका पति फिलिप अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं–  बेलायतकी महारानी एलिजावेथका पति अर्थात् ड्युक अफ एडिनबरा प्रिन्स फिलिप अस्पताल भर्ना भएका छन्। ९९ वर्षीय फिलिप लण्डनस्थित किङ एडवर्ड अस्पतालमा भर्ना भएका हुन्।

राजदरवारका तर्फबाट जारी बयानमा जनाइएअनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहअनुसार प्रिन्स फिलिपलाई तत्काल अस्पताल भर्ना गरिएको हो । उनी केही दिनसम्म चिकित्सककै निगरानीमा अस्पतालमा रहन सक्ने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?