६ महिना धकेलियो कांग्रेस महाधिवेशन, यस्तो छ कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन ६ महिना पर धकेलिएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी नयाँ निर्णय गरेको हो ।

नयाँ कार्यतालिका अनुसार फागुन १५ सम्म समायोजनको काम टुंगो लगाउने, फागुन २८ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ । त्यस्तै आउँदो असार २० गते वडा र पालिकाको अधिवेशन, २२ गते प्रदेश सभाको अधिवेशन, २५ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असार २७ गते, जिल्ला अधिवेशन असार ३० र प्रदेश अधिवेशन साउन ६ गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ ।

कांग्रेसले संविधानको धारा २६९ को उपधारा (४) (ख) बमोजिम आगामी महाधिवेशनबाट पारित गर्ने गरी बैठकले विधान संशोधन गरेर ६ महिना कार्यकाल थप गरेको हो। बिहीवार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?