सभापति देउवाको कार्यकाल फेरि ६ महिना थप, महाधिवेशन भदौ ७ गतेबाट

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने गरी प्रस्ताव पेश गरिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आजै भएको छलफल पछि भदौमा महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने सहमति भएको हो ।

यस अघि पौडेल पक्षले जेठमा र देउवा पक्षले भदौमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्दै आएको थियो । कांग्रेस केन्द्रीय महाधिवेशनको मिति फागुन ७ गते तोकिएको थियो । नियमित कार्यकालमा महाधिवेशन गर्न नसकेपछि देउवाले अघिल्लो वर्षको फागुनमा एक वर्ष कार्यकाल थपेका थिए ।  सभापति देउवाको कार्यकाल फागुन १९ मा सकिँदैछ ।

कोरोनालाई कारण देखाउँदै महाधिवेशन सम्पन्न नगरेपछि अहिले देउवाले ६ महिना कार्यकाल थप्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?