भारतमा स्वतन्त्रतापछि पहिलो पटक महिलालाई मृत्युदण्ड दिइँदै

काठमाडौं । भारतमा स्वतन्त्रता पाएपछि दशमा पहिलो पटक कोहि महिलालाई अपराधिक कर्ममा फाँसी दिईँदै छ । यसको लागि मथुराको जेलमा तयारी शुरु गरिएको छ ।

अमरोहामा बस्ने शबनमलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

उनले आफ्ना प्रेमीसँग मिलेर २००८ को अप्रिलमा सात जना आफन्तको हत्या गरेकी थिइन् ।

यस मामिलामा तल्लो अदालतदेखि लिएर सर्वोच्च अदालतसम्मले उनलाई फाँसीको सजाय सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?