इतिहासमा आज : स्टेथस्कोप बनाउने रेनेको जन्म

काठमाडौं । तपाई पनि कोहि डाक्टरसँग चेकअपको लागि जानुभयो भने, डाक्टर सबैभन्दा पहिला स्टेथस्कोपको माध्यमबाट तपाईको धड्कन सुन्छन् । तर पहिला यस्तो हुँदैन थियो ।

पहिला डाक्टर बिरामीको छातीमा आफ्नो कान लगाउँथे र उनीहरुको धड्कन सुन्थे । यहि गाह्रो समस्याका कारण् फ्रान्स रेने लेनेले स्टेथस्कोपको आविष्कार गरे । रेने लेनेको जन्म आजकै दिन १७८१ मा भएको थियो ।

उनी ५ वर्षको हुँदा उनकी आमाको निधन भयो । उनले मेडिकलको पढाई काकाको रेखदेखमा गरे । तर पछि उनका पिताले डाक्टरको पढाई गर्न रोकिदिए । १७९९ मा रेनेले फेरि मेडिकलको पढाई शुरु गरे ।

त्यसपछि पढाई सकेर उनी नेक्कर अस्पतालमा काम गर्न थाले । एक दिन महिला उपचारका लागि गइन् । त्यो बेला स्टेथस्कोप थिएन । त्यसैले डाक्टर छातिमा कान लगेर धड्कन सुन्थे ।

रेनेलाई यो अनौठो लाग्यो । उनले कागजलाई रोल गरेर महिलाको धड्कन सुने । यसबाटै उनलाई यो आइडिया आएको थियो । उनले १८१६ मा स्टेथस्कोपको आविष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?