भारतमा बस दुर्घटना: ट्राफिक जाम छल्दा घटना, ४० जनाको शव भेटियो

काठमाडौँ– भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४० जनाको शव भेटिएको छ । बसका यात्रुमध्ये ६ जनाको जीवितै उद्दार गरिएको छ ।

मृतकमध्ये १२ जना विद्यार्थी थिए । बसका यात्रुमध्ये ६ जनाको जीवितै उद्दार गरिएको छ । बसका चालक पौडिएर बाच्न सफल भएका छन् । उनलाई हिरासतमा राखिएको छ ।

सिधीबाट सतना गइरहेको बस बिहान ७ः३० बजे नदीमा खसेको स्थानीयलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । नदीको गहिराइ २२ फिटसम्मको भएको समाचारमा उल्लेख गरिएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या ४५ भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । बसमा सवार ६ जना अझै बेपत्ता छन् । उनीहरुलाई नदीको बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ट्राफिक जामका कारण मुख्य सडकमा नगएर नहरको किनारैकिनार बस गुडाउँदा दुर्घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?