छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं । भोजपुर र मोरङमा गरी छुट्टै स्थानमा दुईजना मृत अवस्था फेला परेका छन् ।

आइतवार भोजपुर नगरपालिका-१० भैसिपंखा डाँडाखर्क बस्ने ५५ वर्षीया गोमा राई आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै मोरङ, विराटनगर महानगरपालिका(७ सनि मन्दिर छेउमा रंगेली नगरपालिका बस्ने ४५ वर्षीया शुशिला देवी सरदार शनिवार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?