ओबामाका निर्णयलाई अघि बढाउँदै बाइडेन

काठमाडौं । संसारकै सबैभन्दा खतरनाक जेलमा गनिने क्यूबाको ग्वान्तोनमो बे जेललाई एक पटक फेरि बन्द गर्न लागिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेन यसलाई बन्द गर्ने सम्भावनालाई खोजिरहेका छन् ।

ह्वाइट हाउस प्रेस सचिव जेन साकीले बाइडेनको आफ्नो कार्यकाल सकिनु भन्दा अगाडि यो जेललाई बन्द गर्नु रहेको बताएका छन् ।

पूर्व राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा यो जेल बन्द गर्ने प्रस्ताव गरेका थिए ।

अहिले बाइडेन ओबामाकै बाटोमा लागेर उनका निर्णयलाई अघि बढाइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?