चुनावी आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको विषयमा आज आइतवार राजनीतिक दलसँग छलफल गर्दै छ । आयोगले तयार पारेको आचारसंहिताको मस्यौदामा रहेर सुझाव लिन बिहान ११ बजे दलका प्रतिनिधिहरुलाई छलफलमा बोलाएको हो ।

चुनावलाई मितव्ययी र पारदर्शी बनाउन मस्यौदामा आयोगले राजनीतिक दल र उम्मेदवारले चुनावमा बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधान राखेको छ ।

मस्यौदामा आयोगले पाँच हजारभन्दा बढी चन्दा बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने, आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने जस्ता प्रस्तावहरु राखेको छ । दलका प्रतिनिधिसँगको छलफलको सुझावपछि मात्र आयोगले आचारसंहिताबारे निर्णय गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?