काठमाडौं । लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ स्लोगनसहित शुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट शुरु भएको छ ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने प्रतियोगिताका लागि आजबाट शुरु भएको अडिसन फागुन ८ गतेसम्म चल्ने छ । सहभागिताका लागि एक पुरुष र एक महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर आयोजकको फेसबुक वा इमेल [email protected] मा पठाउनु पर्नेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः २० लाख, १० लाख, ३ लाख र २ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया