काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले फागुन १ गते (भोलि) जनयुद्ध दिवस मनाउने भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सबै जिल्लाहरुमा जनयुद्ध दिवस मनाउनका लागि सर्कुलेसन गरिएको स्रोतले जनाएको छ ।
सबै जिल्लाहरुमा शहीद स्मृती तथा सम्मानको कार्यक्रमहरुको आयोजना गर्ने र पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिने बताइएको छ ।
तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी गरेको थियो । माओवादी शान्तिप्रक्रियामा आइसकेपश्चात पनि त्यसैको सम्झनामा फागुन १ गते जनयुद्ध दिवस मनाइँदै आएको छ ।
संसद विघटनपछि दुई समूहमा विभाजन भएको नेकपाको अर्को ओली पक्षले भने कुनैपनि कार्यक्रमको आयोजना नगरेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया