काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर नागरिक अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप गरेको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमा लेख्दै झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिवनायकवादी चरित्र उदांगो गरेको आरोप लगाएका हुन् ।
वरिष्ठ नेता पौडेलले उक्त घटनाको घोर भत्र्सना गर्दै बिना सर्त रिहाइको माग गरेका छन् ।
“सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । उनले भने- “संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !”
नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ झाँक्रीलाई बिहीवार प्रहरीले उनकै निवासबाट पक्राउ गरेको छ । राज्यविरुद्ध कसूर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई प्रक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया