यूएईको सबैभन्दा ठूलो अन्तरिक्ष उडान : ७ महिनामा ४९.४ करोड किमीको यात्रा गरेर मंगल ग्रहमा पुग्यो ‘होप’

काठमाडौं । संयुक्त अरब इमीरेट (यूएई) को पहिलो मानवरहित मंगल मिशन होप प्रोब मंगलवार ७ महिनापछि ४९.४ करोड किलोमिटरको यात्रा गरेर मंगल ग्रहको कक्षमा पुगेको छ ।

मिशन सफल भएलगत्तै यूएईले केहि नयाँ रेकर्ड बनाएको छ ।

उसले पहिलो प्रयासमै आफ्नो अन्तरिक्षयान मंगलको कक्षमा पुर्याएको छ ।

यसो गर्ने यो पहिलो मुस्लिम देश बनेको छ जसको मार्स मिशन सफल भएको छ ।

मंगलको कक्षसम्म पुग्नेमा यूएई विश्वको पाँचौँ देश बनेको छ ।

यो भन्दा पहिला अमेरिका, सोभियत संघ, यूरोप र भारतले मंगल ग्रहमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?