काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधवार म्यानमारका सैन्य अधिकारीहरुमाथि आर्थिक प्रतिबनध लगाएका छन् ।
अब म्यानमार सेनाका अफिसरले एक अर्ब डलरको त्यो फण्डको प्रयोग गर्न पाउने छैनन् जुन अमेरिकी बैंकमा डिपोजिट छ । बाइडेनका अनुसार पहिलो पटकको प्रतिबन्ध यहि हप्ता लागू हुनेछ ।
बाइडेनले म्यानमारमा लोकतन्त्र फर्किनु पर्ने र आङ सान सूकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया