काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु भएको बताएका छन् ।
साथै उनले मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वटिरमा एक पोस्ट शेयर गर्दै तानाशाही सरकारको जति निन्दा गरेपनि कम हुने बताएका छन् ।
रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु हो। तानाशाही सरकारको जति निन्दा गरेपनि कम हुन्छ। तर मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन। निरङ्कुश अोली शासकको पनि प्वाँख उम्रन थालिसके छ।
— Dhan Raj Gurung (@dhanrgrg) February 11, 2021
उनले लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु हो। तानाशाही सरकारको जति निन्दा गरेपनि कम हुन्छ। तर मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन। निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थालिसके छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया