नेतृ झाँक्रीलाई पक्राउ गर्ने कुरा देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र हो : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्माले सोही समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन मात्रै नभएर देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुठभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षड्यन्त्र हो ।।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?