काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ ।
प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओली लगायतको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा गलत अभिव्यक्ति दिएको भन्दै सोधपुछको लागि बोलाएको हो ।
सार्वजनिक कार्यक्रममा गलत अभिव्यक्ति दिएको कारण छोधपुछको लागि बोलाएको र यदि उपस्थित नभएमा पक्राउ नै गरिने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले लोकपथालाई जानकारी दिए ।
“राष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुलाई सार्वजनिक कार्यक्रमबाटै गलत अभिव्यक्ति दिएकोबारे सोधपुछको लागि बोलाएका हौँ ।” एसएसपी थापाले भने- “यदि उपस्थित नभएमा पक्राउ गरिनेछ ।”
नेतृ झाँक्रीले प्रचण्ड(नेपाल पक्षका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा राष्ट्रपतिको भूमिकामाथि कडा आलोचना गर्दै आइरहेकी छिन् । साथै झाँक्रीले प्रधानमन्त्रीलाई कागती बादशाहको संज्ञा दिँदै केही दिनमा कागती बादशाहको शासन ढल्ने बताउँदै आएकी छिन् । भने राष्ट्रपतिलाई प्रधानमन्त्रीको इराशामा काम गरेको आरोप लगाउँदै शीतलनविासबाट बाल्कोट जान भन्दै बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया