काठमाडौं । दक्षिण अफ्रीकामा रंगभेदी आन्दोलनविरुद्ध प्रदर्शन गरिरहेका नेल्सन मण्डेलालाई २७ वर्षपछि आजकै दिन १९९० मा रिहा गरिएको थियो ।
मण्डेलालाई जून १९६४ मा राजद्रोहको लागि जन्मकैदको सजाय सुनाइएको थियो ।
मण्डेलाको रिहाइमा देशभर खुशी मनाइएको थियो । तर केहि स्थानमा मानिसहरुको पसलहरु चोरी भए । त्यसपछि पुलिसले गोली चलाएका थिए ।
जसमा केहि मानिस मारिएका थिए । मण्डेला १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रीकाका राष्ट्रप ितबनेका थिए । १८ जुलाई १९१८ मा जन्मिएका मण्डेलाको ५ डिसेम्बर २०१३ मा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया