आज चन्द नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

काठमाडौं । सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मध्यान्ह १२ बजे प्रज्ञा भवनमा मोर्चाबन्दी हुन लागेको हो ।

यी दलले केही समयअघि एक विज्ञप्ती जारी गर्दै ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जनाएका थिए ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । प्रहरीले पक्राउ गर्न सक्ने भएकाले विप्लव वा उनका पार्टीका कुनै नेता कार्यक्रममा उपस्थित नहुने बताइएको छ । विदेशी शक्तिको आड, भरोसा र इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको यी दलले आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?