प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधवार साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का न्युजिल्याण्ड र इण्डोनेसियासम्म महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको क्षतीको विवरणहरु भने नआइसकेको समाचारमा जनाइएको छ । भूकम्पपछि त्यस क्षेत्र आसपासमा सुनामीको चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?