काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका नेता जनार्दन शर्मा जनताको आवाज नसुनिए शान्तिपुर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने चेतावनी दिएका छन् ।
आज प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता शर्माले त्यस्तो बताएका छन् ।
उनले शान्तिपुर्ण आन्दोलनबाट आफुहरुका माग नसुनिए जनता बाध्य भएर विद्रोहमा जान सक्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै शर्माले भने, ‘जनताका आवाज सुन्दैनन भने शान्तिपुर्ण आन्दोलन गरिरहेका जनता विद्रोहमा उत्रिनन्छन् र संघीयता विरोधीलाई समाप्त पार्नेछन ।’
उनले संविधानमा लेखिएको जनताको अधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको भन्दै जनताको समस्या समाधान गर्नुपर्ने ठाउमा ओलीहरुले ओम्नीहरुलाई संरक्षण गरिएको बताए । उनले समावेशी समानुपातिक अधिकार बोलीमा सिमित गर्ने, मौलिक अधिकारलाई नारा मात्रै बनाउनेविरुद्ध निरन्तर आन्दोलन गर्नुपर्ने भन्दै पार्टीभित्रको लोकतन्त्रलाई मजबुत बनाइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया