रामकुमारी झाँक्रीको मुखमा कालो टेप, हातमा कालो डोरी (भिडियो)

काठमाडौँ–  नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सांकेतिक विरोध गरेकी छन् ।

कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्। मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो।

उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो। ‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्।

नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कागजी बादशाह’ को संज्ञा दिएकी छन्। आफूले राष्ट्रपति जस्तो सम्मानित संस्थाको विरुद्ध नबोलेको भन्दै उनले खलपात्रविरुद्ध बोलेको बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?