काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय, मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
बुधवार एक कार्यक्रमकाबीच मुख्यमन्त्री पौडेलले उक्त भवनको उद्घाटन गरेका हुन् ।

बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा उपत्यकाबाहेकका १० जिल्लामा ४६ वटा प्रहरी भवन निर्माणको थालनी गरेको थियो ।
जसमध्ये हालसम्म १७ वटा प्रहरी कार्यालयका भवनहरु बनिसकेका छन् भने चालू आर्थिक वर्षमा बाँकी रहेका सम्पूर्ण भवन बनिसक्ने मुख्यमन्त्री पौडेलले बताएका छन् ।

मुख्यमन्त्री पौडेलका अनुसार यसबाहेक थप २१ वटा नयाँ भवन बन्ने प्रक्रिया शुरु भएको छ । प्रदेशका नाकाहरुमा एकीकृत सुरक्षा पोस्टको निर्माणको काम पनि अगाडि बढाईएको मुख्यमन्त्री पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया