अमेरिकामा कोरोना खोप लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाएका ३६ जनामा ‘थ्रोम्बोसाइटोपेनिया’ (रगतसँग सबन्धित दुलर्भ रोग) देखिएको छ। उनीहरुले फाइजर र बायोएनटेक अथवा मोडर्नाको खोप लगाएका बताइएको छ । यद्यपी कुन खोपबाट उक्त रोग देखियो भन्ने बारे भने निष्कर्ष निस्किसकेको छैन।

३६ जना सबैमा खोप लगाएपछि नै ‘थ्रोम्बोसाइटोपेनिया’ देखिएको भन्ने कुरा स्पष्ट भइनसकेको फाइजरका अधिकारीलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

सो दुर्लभ रोग देखिएकाहरुमध्ये एक प्रसूति रोग विशेषज्ञ डा. ग्रेगरी माइकलको मृत्यु भएको छ। ५६ वर्षीया माइकलको फाइजरको खोप लगाएको १६ दिनपछि ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको हो । उनमा थ्रोम्बोसाइटोपेनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

अमेरिकामा अहिलेसम्म ४ करोड ३ लाख मानिसले कोरोनाको खोप लगाइसकेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?