काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह आज काठमाडौंमा गर्न लागेको जनसभाका लागि विभिन्न ठाउँहरुबाट जुलुसहरु निस्किन थालेका छन् ।
काठमाडौंका विभिन्न ठाउँहरुबाट जुलुस निकाली अन्ततः भृकुटीमण्डपमा जनसभा हुनेछ । यसैक्रममा पूर्वमन्त्री समेत रहेका प्रचण्ड नेपाल समूहका नेताहरु वर्षमान पुन अनन्त र सुरेन्द्र पाण्डेले त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व गरिरहेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता पुनले छिट्टै शुरु हुने विशाल प्रदर्शनमा सहभागिताको लागि आह्वान गरेका छन् ।

“आउनुहोस् त्रिपुरेश्वरमा । छिट्टै शुरु हुने बिशाल प्रर्दशनमा सहभागी बनौ । प्रतिगमनलाई परास्त गरौ ।” उनले भने ।
प्रचण्ड(नेपाल पक्षको प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित बनेको छ । संसद विघटन विरुद्ध आन्दोलन गरिरहेको उक्त समूहको तेस्रो चरणको अन्तिम आन्दोलनको कार्यक्रम हो । संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले माघ १३ गतेबाट आन्दोलन शुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया