एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा औपचारिक रुपमा शुरु भएको छ । सिनेटमा भएको मतदानमा महाअभियोग संविधानसम्बद्ध रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो ।
सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए। सुनुवाइ जारी राख्नुपर्ने पक्षमा ६ जना रिपब्लिकन सांसदहरुले पनि मतदान गरेका बीबीसीले जनाएको छ ।
हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई उक्साएको आरोपमा गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो। उनका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद् भवनभित्र रहेका सांसदहरूको भागाभाग भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया