विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

सोमवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो । हिजोको मन्त्रिपरिषद्को निर्णयले शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए। उनले आफ्नो ४ वर्षे कार्यकाल सकिएसँगै राजीनामा दिएका थिए । नेपालमा लोडसेडिङ अन्त्य गरेका कारण घिसिङको पुनर्नियुक्तीको आवाज उठेको थियो । यद्यपी सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?