काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडी घटनाका दोषीलाई तत्काल पहिचान र कारबाहीको माग गर्न गृहमन्त्री रामबहादुर थापा बादलसँग माग गरेका छन् ।
आज (मंगलवार) नेविसंघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल पहिचान गरि कारबाहीको माग गरेका हुन् ।
विगतका घटनाहरुमा हामीले दोषीलाई कारबाही नगरेका कारण समाजमा यस्ता घटनाहरु मौलाउँदै गएको भन्दै भागरतीको हत्यामा संलग्न तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् । “विगतका दिनमा निर्मला पन्त र सम्झना विक लगायत किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा उक्त घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमि कमजोरी भएको हुनाले हाम्रो समाजमा यस्तो अमानवीय र क्रुर घटनाले प्रसय पाउँदै गएको हाम्रो ठहर छ । जनतालाई शान्ति सुरक्षा दिनु सरकारको पहिलो दायित्व हो भन्ने कुरा सरकारले नभुलोस र सो दायित्व पुरा गर्न गम्भीर रुपमा ध्यान केन्द्रीत गरोस भनेर खबरदारी गर्न चाहान्छौ ।” ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
गत बुधवार विद्यालयबाट घर नफर्केकी भट्टको शव स्थानीय सामुदायिक वनमा फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया