पूर्वन्यायाधीश पाण्डेको निधन, संसद विघटनविरुद्ध मुद्दामा भोलि सुनुवाइ नहुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलवार नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलवार (भोलि) सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले आजको इजलासमा जानकारी दिए ।

त्यस्तै इजलास बुधवारदेखि पुनः निरन्तर हुने राणाले बताए ।

पाण्डेको सोमवार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?