काठमाडौं- नेकपा ओली समूहले राष्ट्रिय युवा संगठन नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा ‘दीपशीखा’लाई हटाएको छ ।
संगठनको अनुशासनविपरीत काम गरेको र फुटपरस्त गतिविधि गरेको भन्दै संयोजकबाट हटाइएको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिए । संयोजकमा रमेश पौडेललाई चयन गरिएको उनको भनाइ थियो ।
आजको बैठक पनि रमेश पौडेलकै अध्यक्षतामा बसेको उनले बताए । नेकपा विभाजन भएयता जनवर्गीय संगठनहरू पनि फुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया