शर्मिलाको ह्याट्रिकमा आर्मीको १ दर्जन गोल !

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले शानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । सपना लामाले दुई गोल गरिन् ।

यस्तै कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक एक गोल गरे ।

जितसँगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ ।

चौदण्डीको यो लगातार छैटौं हार हो । चौदण्डी लिगको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?