अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई लीगल नोटिस

काठमाडौं । ह्वाइट हाउस छोडेर फ्लोरिडामा आफ्नै घरमा बसिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ समस्या खडा भएको छ ।

उनका छिमेकीले उनलाई लोकल काउन्सिलको माध्यमबाट लीगल नोटिस पठाएका छन् ।

यसमा ट्रम्पविरुद्ध १९९३ को एग्रीमेण्ट तोडेको आरोप लागेको छ ।

यो सम्झौताका अनुसार ‘मार ए लेगो’ एक क्लव छ र परमानेन्ट रेसिडेन्टको रुपमा यसको प्रयोग गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?