इतिहासमा आज : चिम्पान्जीले गर्यो अन्तरिक्षको उडान, पृथ्वीमा फर्किंदा अट्लान्टिक महासागरमा खस्यो

काठमाडौं । बाँदरको प्रजाती चिम्पान्जीलाई मानिसको सबैभन्दा नजिकको मानिन्छ । एउटा यस्तै कहानी ह्याम नामको चिम्पान्जीको पनि छ । जसले आजकै दिन इतिहास बनाएको थियो ।

ह्याम नामको चिम्पान्जी पहिलो त्यस्तो जनावर थियो, जसले अन्तरिक्ष यात्रा गरेको थियो । त्यसपछि मानिसलाई अन्तरिक्ष यात्रा सफल गर्न सहज भएको थियो । आजकै दिन अर्थात् ३१ जनवरी १९६१ मा अन्तरिक्षमा ह्यामलाई पठाएको थियो ।

यो मिसनको उद्देश्य अन्तरिक्षमा मानिसलाई कस्तो प्रकारको असर पर्छ भन्ने हेर्नका लागि थियो । ह्याम क्यामरुनको जंगलमा पाइएको थियो । त्यसलाई समातेर फ्लोरिडा ल्याइयो । जहाँ उसलाई मियामी रेयर बर्ड फर्ममा सुरक्षित राखियो ।

१९५९ मा अन्तरिक्षमा जाने ट्रेनिङका लागि ह्यामलाई एयरफोर्स बेस पठाइयो । ह्यामको पहिचान ह्याजटेग ६५ र च्यांग नामसँग पनि थियो । १८ महिनाको ट्रेनिङपछि ह्याम अन्तरिक्षमा जानको लागि तयार भयो ।

उसलाई लञ्च प्याडमा गियो । ह्यामलाई प्रोजेक्ट मर्करीको रुपमा पठाउनु पर्ने थियो । लञ्च प्याड फ्लोरिडाको टापूमा थियो । ह्यामलाई कन्टेनरमा राखेर अन्तरिक्ष पठाइएको थियो । उडान भएको १६ः३० मिनेटपछि ह्याम अन्तरिक्षमा पुगेको थियो ।

उसले ५८०० किमीको स्पीडबाट १५७ किमीको उचाईसम्म उडान भर्यो । पृथ्वीमा फर्किने क्रममा ह्यामको क्याप्सूल १३० किमी टाढाबाट अटलान्टिक महासागरमा खस्यो ।

त्यसलाई रेस्क्यू गर्न एक जहाज तैनाथ थियो । फेरि ह्यामलाई निकालियो र १९६३ मा वाशिंगटनको नेशनल जूमा राखियो । त्यसपछि नर्थ क्यारोलिनाको चिडिया घरमा पठाइयो । १८ जनवरीमा उसको निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?